लेटाङका सहकारी पीडितलाई रकम फिर्ता हुने


मोरङ । मोरङको लेटाङस्थित तुलसी बहुमुखी सहकारी संस्थामा पैसा राखेका बचतकर्ताले अब आफ्नो रकम फिर्ता पाउने भएका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समिति काठमाडौं र लेटाङ नगरपालिकाको सहकार्यमा रकम फिर्ता दिन प्रक्रिया सुरु गरिएको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै बचत, सेयर वा अन्य खातामा पैसा राखेकाहरूलाई सहकारीले तोकेको मिति र समयमा सहकारी कार्यालयमा आएर रकम लिन अनुरोध गरेको छ ।
साथै पासबुक, रसिद, बैंक स्टेटमेन्टजस्ता कागजात ल्याउन नगरपालिकाले आग्रह गरेको छ ।
