Ad Image

नीति–कार्यक्रमका लागि सुझाव दिन हरिपुर नगरपालिकाको आग्रह

User Image Mayorsap | ६ दिन अगाडि
Image of storage/news/1747311676.jpg

सर्लाही । हरिपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि तयार पारिने बजेट, नीति तथा कार्यक्रमका लागि रचनात्मक सुझाव दिन सबैलाई आग्रह गरेको छ ।

 

नगरपालिकाले सूचना जारी गर्दै नीति तथा कार्यक्रम असार १० गतेभित्र नगर सभामा पेस गर्नुपर्ने भएकाले जेठ १५ गतेसम्म सुझाव दिन अनुरोध गरेको हो ।

 

सुझावहरू नगरपालिकाको प्रशासन शाखामा पुगाएर वा अनलाइनबाट लिंकमार्फत पठाउन सकिने जनाइएको छ ।

 

नगरपालिकाले व्यक्ति, संस्था वा कुनै पनि निकायले बजेट तथा विकाससँग सम्बन्धित उपयोगी रचनात्मक सुझाव दिन सक्ने स्पष्ट पारेको छ ।