Ad Image

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान

User Image Mayorsap | ५ दिन अगाडि
Image of storage/news/1747371361.jpg

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आगामी ११ जेठमा बस्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख नजिर मियाँलाई सिफारिस गरेको थियो ।

 

सोही सिफारिसका आधारमा प्रदेश प्रमुख मियाँले ११ जेठमा पहिलो बैठक बस्ने गरी बजेट अधिवेशनको आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

 

प्रदेश प्रमुखका स्वकीय सचिव साविर मियाँका अनुसार संविधान अनुसार सरकारको सिफारिसपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ, र त्यहीअनुसार प्रक्रिया अघि बढाइएको हो ।

 

अबको अधिवेशनमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ, जसमा प्रदेश विकास, सेवा सुविधा र नीतिगत कार्यक्रमहरू समावेश हुने बताइएको छ ।