Ad Image

गोदावरी नगरपालिकाका २ वडाले ल्याए आगामी वर्षको बजेट

User Image Mayorsap | ५ दिन अगाडि
Image of storage/news/1747372959.jpg

कैलाली । कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर १ र २ ले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि बजेट सार्वजनिक गरेका छन् । बिहीबार आयोजित छुट्टाछुट्टै वडा भेलामार्फत दुवै वडाले वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।

 

वडा नम्बर १ ले आगामी वर्षका लागि १ करोड २० लाख ९७ हजार ९९२ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।  वडाध्यक्ष गोपाल दत्त भट्टका अनुसार समानिकरण अनुदानमा ७० लाख, सूत्रमा आधारित अनुदान ५० लाख ९७ हजार ९९२ बजेट ल्याइएको हो ।

 

विनियोजन विवरणतर्फ पूर्वाधार विकासका लागि ८० लाख, सामाजिक विकासमा १५ लाख ५० हजार, आर्थिक क्षेत्रका लागि १३ लाख ३० हजार, वन तथा वातावरणमा १ लाख ५० हजार र सुशासन तथा संस्थागत विकासका लागि १० लाख ६७ हजार ९९२ बजेट विनियोजन गरिएको हो ।

 

यस्तै वडा नम्बर २ ले पनि आगामी वर्षका लागि १ करोड १७ लाख ७ हजार ७७ रुपैयाँ बजेट प्रस्ताव ल्याएको छ ।

 

वडा सदस्य देवराज भट्टका अनुसार समानिकरण अनुदानमा ७० लाख र सूत्रमा आधारित अनुदान ४७ लाख ७ हजार ७७ बजेट ल्याइएको हो ।

 

पूर्वाधार विकासका लागि ५७ लाख, सामाजिक विकासमा १७ लाख, आर्थिक विकासको क्षेत्रमा २० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा १५ लाख र सुशासन तथा अन्य क्षेत्रका लागि ७ लाख बजेट विनियोजन विवरणतर्फ ल्याइएको छ ।

 

दुवै वडाका वडाध्यक्षहरूले स्थानीय आवश्यकता र प्राथमिकता अनुसार बजेट विनियोजन गर्दै पूर्वाधार र सामाजिक विकासलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।