Ad Image

पञ्चदेवल प्रदेशमै सबैभन्दा कम बेरुजु देखिएको स्थानीय तह

User Image Mayorsap | ५ दिन अगाडि
Image of storage/news/1747374195.jpg

अछाम । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम बेरुजु देखिएको स्थानीय तह बनेको छ ।


बुधवार सार्वजनिक प्रतिवेदन अनुसार, लेखा परीक्षणमा पञ्चदेवल विनायक नगरपालिकाको बेरुजु मात्र ०.२७ प्रतिशत रहेको छ । यससँगै अछामका अन्य स्थानीय तहको बेरुजु दर पनि उल्लेखनीय रहेको छ ।


पञ्चदेवल विनायक नगरपालिकामा ०.२७%, बान्नीगढी जयगढ गाउँपालिकामा ०.४४% मंगलसेन नगरपालिकामा ०.६७%, रामारोशन गाउँपालिकामा १.३०%, ढकारी गाउँपालिकामा १.६१%, चौरपाटी गाउँपालिकामा १.६६%, साँफेबगर नगरपालिकामा १.७३%, कमलबजार नगरपालिकामा २.२३%, तुर्माखाँद गाउँपालिकामा २.८८% र मेल्लेख गाउँपालिका ३.१३% बेरुजु देखिएको छ ।


महालेखा प्रतिवेदन अनुसार मेल्लेख गाउँपालिका सुदूरपश्चिममै सबैभन्दा बढी बेरुजु देखिएको स्थानीय तह हो ।