हुप्सेकोटमा इन्टरनेट सेवा संस्थाहरूलाई सूचिकृत हुन आग्रह


हुप्सेकोट । हुप्सेकोट गाउँपालिकाभित्र सञ्चालनमा रहेका सबै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई गाउँपालिकामा सूचिकृत हुन अनिवार्य गरिएको छ ।
गाउँपालिकाको आर्थिक ऐन २०८१ मा गरिएको व्यवस्था अनुसार सेवा प्रदायकहरूले अब सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सम्बन्धित कागजातसहित गाउँपालिका कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।
गाउँपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सूचीकरण प्रक्रिया अविलम्ब सुरु गर्न आग्रह गरेको हो । यसले सेवा प्रदायकहरूको दर्ता, नियमन र सेवा गुणस्तरको अनुगमनमा सहयोग पुर्याउने जनाइएको छ ।
सूचनामा उल्लेख भएअनुसार, निर्धारित समय सीमाभित्र सूचिकृत नहुने सेवा प्रदायकहरूलाई ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि जनाइएको छ ।
