Ad Image

खाँडादेवी गाउँपालिकाद्वारा ८० प्रतिशत अनुदानमा बिरुवा वितरण

User Image Mayorsap | ५ दिन अगाडि
Image of storage/news/1747381291.jpg

रामेछाप । खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८१\०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ८० प्रतिशत अनुदानमा बिरुवा वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

 

गाउँपालिकाकाले एक सूचना जारी गर्दै कृषकहरूको मागलाई सम्बोधन गर्ने उद्देश्यले अनुदानमा बिरुवा वितरण गर्न लागेको जानकारी दिएको छ ।

 

सूचना अनुसार इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी संस्था वा कृषि फार्महरूलाई आवश्यक कागजातसहित २०८२ जेठ १५ गतेभित्र निवेदन दिन आग्रह गरिएको छ ।

 

आवश्यक कागजातसहित निवेदन कृषि विकास शाखा वा सम्बन्धित वडा कार्यालयमा बुझाउन सकिने गाउँपालिकाले जनाएको छ ।