राप्रपा भातृ संस्थाका अध्यक्ष केसी पक्राउ


काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष सुजित केसी पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा भाम्रक सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले उनलाई आज पक्राउ गरेको हो । उनी राप्रपा निकट युवा भातृ संस्थाका अध्यक्ष हुन् ।
केसीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको अपराधमा अनुसन्धान भइरहेको जनाइएको छ ।