Ad Image

काठमाडौंमा कारको ठक्करबाट बालकको मृत्यु

User Image Mayorsap | ५ दिन अगाडि
Image of storage/news/1747397970.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ कात्यायनी चोकमा कारले ठक्कर दिँदा आज एक बालकको मृत्यु भएको छ ।

 

कात्यायनीबाट भीमसेनगोलातर्फ जाँदै गरेको बाप्र०१–०३१च ९५६३ नम्बरको कारको ठक्करबाट सोही ठाउँमा डेरा गरी बस्ने भारत सितामढीका आलोककुमार झाका तीन वर्षीय छोरा शिवांश झाको मृत्यु भएको हो ।

 

ठक्करबाट गम्भीर घाइते बालकको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए ।

 

यसैबीच आज बिहान ललितपुर महानगरपालिका–२५ भैँसेपाटी आवासमा बस्दै आएका कोरियन नागरिक लिङ योङ चुनको कोठाबाट रु छ लाख बढीको धनमाल चोरी भएको छ ।

 

उनको आइप्याड एक थान, म्याक बुक एक थान, ल्यापटप एक थान र नगद रु चार लाख गरी करिब रु ६ लाख १० हजार बराबरको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

 

प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।