Ad Image

मिथिला नगरपालिकामा उपमेयरले गरिन् तालाबन्दी, मेयरविरुद्ध मुद्दा दायर

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mithila_napa.png

जनकपुरधाम । विगत पाँच दिनदेखि धनुषाको मिथिला नगरपालिकामा गरिएको तालाबन्दीले दैनिक कामकाज ठप्प भएको छ । नगरपालिकाको विकास निर्माणसम्बन्धी योजना वितरणमा भेदभाव भएको कारण देखाउँदै उपप्रमुख सुनिता सिंह बुढाथोकीको नेतृत्वमा वडाध्यक्षसहितको टोलीले तालाबन्दी गरेको थियो । आर्थिक वर्षका योजना कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बेला तालाबन्दी हुँदा समस्या भएको छ । 

नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख बुढाथोकीबीचको विवादले विगत पाँच दिनदेखि कामकाज ठप्प हुँदा नागरिकले नै घाटा बेहोर्नु परिरहेको स्थानीय रामसरोज साहको गुनासो छ । उनले तत्काल विवाद समाधान गरी विकास निर्माणका काम हुने वातावरण बनाउन सरोकार भएकाहरूलाई आग्रह गरेका छन् । आफ्नो अधिकारमाथि नगरप्रमुखबाट हस्तक्षेप भएको भन्दै उपप्रमुख बुढाथोकीले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेकी छन् ।