Ad Image

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के भयाे कुराकानी?

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/oli dauwa.PNG

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।

ओली र देउवाबीच सोमवार साँझ हुने भनिएको भेट सोमवार नभएपछि आज भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । समसामयिक राजनीतिक अवस्थाबारे छलफलका लागि भनिएको भेटवार्तामा गभर्नरको विषयमा कुराकानी भएको बुझिएको छ । 

गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा.डा.विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने व्यवस्था छ। तर गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन।