गभर्नरमा तीन जना सिफारिस, को को परे ?


काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठन भएको गभर्नर छनोट समितिको मंगलबार बसेको बैठकले गभर्नरका लागि नाम सिफारिस गरेको हो ।
जस अनुसार, पहिलो नम्बरमा प्रा.डा. विश्वनाथ पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका छन् । पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । त्यस्तै, ढुंगाना राष्ट्र बैंककै कामु गभर्नर हुन् ।
बैठक सकेर अर्थमन्त्री विष्णु पौडेल बालुवाटारतिर लागेका छन् । डा. विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने यसअघि नै राजनीतिक सहमति भइसकेको छ । यसबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ ।