Ad Image

डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवाका लागि सिफारिस

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Siddibikram-Shah-AIG-Sifarish.jpg

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । उनी हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको विशेष ब्यूरोको प्रमुख छन् । 

बहालवाला एआईजी लालमणि आचार्य उमेरदहका कारण जेठ १० गते अवकाश हुँदैछन् । त्यसपछि रिक्त हुने पदका निम्ति शाह सिफारिस भएका हुन् । यसअघि ४ वैशाखमा भएको एआईजी बढुवामा उनीसहित राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली छुटेको थियो