भ्रष्टाचार नियन्त्रण गर्न सुशासन कायम गर्नुपर्छ : नेता कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा विद्यमान बेथिति र निराशा अन्त्यका लागि सुशासन अपरिहार्य रहेको बताएका छन् । कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आज यहाँ आयोजना गरेको ‘बदलिँदो विश्व परिवेशमा नेपालले अँगाल्नुपर्ने आर्थिक नीति संवाद’ गोष्ठीमा उनले भ्रष्टाचार नियन्त्रणका लागि सुशासन कायम गर्नुपर्ने उल्लेख गरे ।
नेता डा कोइरालाले दण्डहीनता अन्त्य गर्न र जनअपेक्षाअनुसार काम गर्न सरकारसँग दृढ इच्छाशक्ति हुनुपर्ने विचार व्यक्त गरे । “हामी सक्छौँ भन्ने सोच विकास गरेर अघि बढेमा मात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ । अब कुरा गरेर हुने स्थिति छैन । त्यसैले दण्डहीनताको अन्त्य र सुशासन प्रवर्द्धन गर्ने गरी काम गरौँ”, उनले भने ।