Ad Image

सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी

User Image Mayorsap | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aago2.PNG

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको कलेजको क्यान्टिनमा बुधबार बिहान ग्यास लिक भएर आगलागी भएको हो ।

आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन् । आगलागी हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीमा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

आगलागीको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र काठमाडौं महानगरपालिका वारुणयन्त्र कार्यालय न्यूरोडबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमान्डमा सुरक्षा फौज खटिएको थियो ।