Ad Image

गोरखामा हाइटेन्सन लाइनको सपोर्ट तारमा छुँदा करेन्ट लागेर वृद्धको मृत्यु

User Image Mayorsap | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/curent.jpg

गोरखा । हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–४ धावा चौताराका ७० वर्षीय बलराम विकको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार बारीमा बाख्रा चराउन गएका विकलाई दिउँसो १४ः३० बजे बारीमा गाडिएको हाइटेन्सन लाइनको सपोर्ट तारमा छुँदा करेन्ट लागेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको सुवेदीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।