Ad Image

सामान्य सोधपुछपछि छुटे सहसचिव भट्टराई, बिहीबार उपस्थित हुने

User Image Mayorsap | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/tirtharaj-bhattrai.jpg

काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछपछि छोडिएको छ । उनलाई भोलि कार्यालय समयमा उपस्थित हुने शर्तमा छाडिएको अख्तियार स्रोतले बतायो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखबाट मंगलबार मात्र गृह मन्त्रालयमा सरुवा भएका उनलाई बुधबार अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । आयोग प्रशासन स्रोतका अनुसार, भट्टराईमाथि विमानस्थलको अध्यागमन प्रक्रियामा अनियमितता भएको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको हो । मानव तस्करी गरेको र त्यसबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा उजुरी परेको थियो ।