Ad Image

जुम्लामा यार्सागुम्बा टिप्न गएकी महिलाको चट्याङ लागेर मृत्यु

User Image Mayorsap | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/chatyang.jpg

जुम्ला । जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेतिर चट्याङ लागेर तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए । 

मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न गएकी थिइन्। पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको प्रहरीले जनाएको छ ।