Ad Image

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमारलाई २० लाख धरौटीमा छोड्न आदेश

User Image Mayorsap | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/devkumar__4Bp6GwMW7D_Z4hqroUqO3.png

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न अदालते आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधिश कृष्णजंग शाहको इजलासले बिहीबार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । 

अदालतले माग गरे बमोजिम धरौटी नबुझाएपछि उनी थुनामुक्त नहुने भएका छन् । हाल बागलुङ कारागारमा रहेका उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न भनी पत्र पठाएको छ ।

उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो । सोही आदेशअनुसार उनी बागलुङ कारागारमा छन् । ​​​​​​​उनीविरुद्ध कास्की अदालतमा इमेज सहकारी ठगी प्रकरणको पनि मुद्दा छ ।