Ad Image

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा आज पनि सुनुवाइ

User Image Mayorsap | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rabi-lamichhane-3_LI30oMFJ2m.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ । आज लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा सरकारी वकिलले बहस गर्नेछन् । 

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मङ्गलवारदेखि सुनुवाइ जारी छ । 

बिहीवार  रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् । जवाफी बहस सकिएसँगै इजलासले आदेश गर्नेछ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध गत बैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।