Ad Image

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु १ हजार एक सयले घटेको हो । चाँदी पनि तोलामा रु २० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ४०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार पाँचमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।