Ad Image

बाढीले क्षतिग्रस्त हुम्लाको नाम्खामा पुग्यो प्रहरीको उद्धार टोली

User Image Mayorsap | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/h.jpg

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्धार टोली पुगेको छ ।

 गत जेठ १ गते  नजिकै रहेको सुखाङ लुग्वा खोलामा गाउँ देखी माथि रहेको हिमताल फुटी पानीको बहाव बढी खोलाको आसपासमा रहेका गाउँमा क्षति पुर्‍याएको एक साता पछि नेपाल प्रहरी सो स्थानमा पुगेको हो । 

प्रहरीका अनुसार लघु जलविद्युत पावर हाउस, पानी घट्ट, तिला गाउँ र हल्जी गाउँ जोड्ने काठको पुल, खानेपानीको ट्याङ्की, सिचाई कुलो समेतमा क्षति भएको तथा खोला नारमा रहेको तिलगाउँ बस्ती रहेको जमिन चर्किन गई बसोबास गर्न जोखिमयुक्त रहेको जनाएको छ 

प्रहरी टोली खटिई गाउँमा रहेका जोखिम युक्त घरधुरीका मानिसहरूलाई उपलब्ध स्रोतसाधनको प्रयोग गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।