Ad Image

योग्यता नपुगेको भन्दै गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

User Image Mayorsap | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bishwo-paudel.jpg

काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर नियुक्ति गैर कानुनी भएको दाबी गर्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

उनीहरूले राजनीतिक स्वार्थका लागि योग्यता नपुगेको व्यक्तिलाई गभर्नर बनाइएको र नियुक्ति प्रक्रिया ऐन विपरीत भएको जिकिर गरेका छन् । रिट हाल छलफलको प्रक्रियामा रहेको सर्वोच्च स्रोतले जनाएको छ ।

यसअघि २०८२ जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो ।