Ad Image

रामनदी धामको व्यवस्थापन र धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

User Image Mayorsap | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG_7884.jpg

स्याङ्जा । पाल्पा र स्याङ्जाको संगमस्थलमा अवस्थित ऐतिहासिक एवं धार्मिक महत्वको रामनदी धाम धार्मिक पर्यटन गन्तव्यका रूपमा विकसित हुँदै छ ।

भगवान् रामचन्द्रले स्नान गरेको विश्वास गरिने कालीगण्डकी नदीको किनारमा रहेको यो स्थलमा हरेक वर्ष हजारौँ भक्तजन पूजाआजा, नाचगान र धार्मिक क्रियाकलापमा सहभागी हुन्छन् ।

पाल्पा, स्याङ्जा, बागलुङ, गुल्मी लगायतका जिल्लाबाट शवदाहका लागि दैनिक जसो करिब ३० वटा शव ल्याइन्छ । तर, नियमित सरसफाइको अभावले वातावरणीय समस्या उत्पन्न भएको छ । शव दाहपछि फोहोरजन्य सामग्री नदीमा फालिँदा जल प्रदूषणको समस्या बढेको छ ।

गल्याङ नगरपालिकाले घाट व्यवस्थापन, स्नानस्थल, शौचालय, प्रतीक्षालय, खानेपानीजस्ता सुविधासहितको योजना अघि बढाएको छ । नगरप्रमुख गुरुप्रसाद भट्टराईले आगामी आर्थिक वर्षमा प्रदेश र संघीय सरकारको सहयोगमा रामनदीलाई व्यवस्थित गरी धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गरिने जानकारी दिए ।

स्थानीयवासी र गुरुकुलका प्रमुखहरूले पनि घाट व्यवस्थापन र पर्यटन प्रवर्द्धनमा सबै तहको ध्यान जानु पर्नेमा जोड दिएका छन् ।