पूर्व डीआइजी छविलाल जोशीलाई पनि रिहा गर्न सर्वोच्च अदालतको अस्वीकार


काठमाडौं। रास्वपा सभापति रवि लामिछानेसँगै पूर्व डीआइजी छविलाल जोशीलाई पनि रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रवार जोशीलाई रिहा गर्न अस्वीकार गरेको हो ।
गैरकानुनी थुनामा राखेको भन्दै जोशीको तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको थियो । सर्वोच्चले उक्त रिट खारेज गर्दै रिहा गर्न अस्वीकार गरेको हो ।