Ad Image

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड एकतर्फी सञ्चालन

User Image Mayorsap | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/a sadak.PNG

काठमाडौं। वर्षाका कारण सडक भत्किएपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ खुर्सानी खोला नजिकै सडक भत्किएपछि शुक्रवार रातिदेखि सडक अवरुद्ध भएको थियो ।  

आज बिहान ७ बजेबाट भत्किएको सडक मर्मतको काम सुरु गरी १० बजेदेखि तत्कालका लागि एकतर्फी सडक सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । 

दाउन्ने सडकखण्ड केहि दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो ।