Ad Image

फल्चा ऐतिहासिक संरचना मात्र होइन, काठमाडौंको पहिचान र सांस्कृतिक धरोहर हो: बालेन

User Image Mayorsap | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/balen-shah-1_MNjqZckbiV_R01S7pC9XQ.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहाले फल्चा ऐतिहासिक संरचना मात्र नभएर काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर भएको बताएका छन् । मेयर साहाले सामाजिक सञ्जालमार्फत फाल्चाको महत्व बुझेर यसको संरक्षण र पुनर्निर्माणमा काठमाडौं महानगर निरन्तर लागिरहेको बताएका छन् ।

उनले काठमाडौं महानगरपालिकाले विभिन्न सडकखण्डमा फाल्चा शैलीमा बस बिसौनी निर्माण कार्य निरन्तर गर्दै आएको जानकारी दिए । उनले ९ करोड लातमा महानगरले फाल्चा निर्माण गरिरहेको बताएका छन् । मेयर साहाले भनेका छन्, ‘आर्थिक वर्ष २०७९/८० देखि नै फल्चा बनाउन बजेट विनियोजन गरिएको हो । विजुली बजारमा रहेका दुई वटा फल्चा आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन् । माघ २०८१ मा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चा निर्माणको तयारी भइरहेको छ, जसमध्ये आठ वटाको निर्माण भइसकेको र ती माघ २०८२ भित्र सम्पन्न हुने जानकारी गराउँछौँ । यी सबै फल्चाको कुल लागत करिब रु ९ करोड रहेको छ ।’

उनले फाल्चालाई तस्बिर र संग्राहलयमा राख्ने कार्यका लागि नभएर यसको संरक्षण, उपयोग र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । ‘मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठूलो छ तर यी विस्थापित हुँदैछन् । यसलाई तस्बिर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्द्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ’ उनले भनेका छन्, ‘त्यसैले सोच्थेँ, कम्तिमा, हरेक बस स्टपमा यात्रुहरुलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो । अहिले त्यहिअनुरूप कामहरू भइरहेका छन् भनेर जानकारी गराउदछौँ ।’

मेयर साहाले ‘कंक्रीटाइजेसन’ले छोपेको यो समयमा काठमाडौंको सभ्यता झल्काउने झिंगटीको छानो, थामलगायत तथा बुट्टेदार अग्राखको काठबाट बनेका कलात्मक भागहरूसहितको फल्चा दृष्यका लागि पनि मनोरम बन्ने बताएका छन् ।