Ad Image

सुदूरपश्चिम प्रदेशको सर्वदलीय बैठक सम्पन्न, नीति तथा कार्यक्रमबारे छलफल

User Image Mayorsap | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/a sudur.PNG

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । भोलिदेखि हुने प्रदेशसभा अधिवेशनका सन्दर्भमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।

बैठकमा सरकारको भावी नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको छ । मुख्यमन्त्रीले विकास खर्च बढाउन सरकार प्रतिबद्ध रहेको बताउँदै सदनमा विपक्षीलाई रचनात्मक भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । 

मुख्यमन्त्रीको सचिवालयका अनुसार बैठकमा उपस्थित प्रमुख विपक्षी दलका र सत्तारुढ दलका नेताले नीति तथा कार्यक्रमका साथै बजेटका प्राथमिकताका सम्बन्धमा  सुझाव दिएका छन् ।