Ad Image

बिहेमा नाच्ने क्रममा बेहुली र बेहुला पक्षबीच कुटाकुट, ५ जना घाइते

User Image Mayorsap | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/marriage_kPYgqx8nSn_LA9Xq6BG9H.png

विराटनगर । मोरङमा बिहे घरमा डिजे बजाएर नाच्ने क्रममा बेहुली र बेहुला पक्षबीच कुटाकुट हुँदा ५ जना घाइते भएका छन् । धनपालथान गाउँपालिका–६ कदमहामा बेहुली लिन विराटनगरबाट पुगेको जन्ती र बिहे घरमा भेला भएका स्थानीयबीच शुक्रबार राति कुटाकुट भएको हो ।

स्थानीय भजनलाल सहनीको छोरीको बिहेमा शुक्रबार राति डिजे बजाएर नाच्ने क्रममा दुई पक्षबीच झडप भएको मोरङ प्रहरीले जनाएको छ । झडपमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएका छन् ।

घाइते हुनेहरू दुवै पक्षका छन् । घाइतेहरू उपचारपछि घर फर्किसकेका छन् । झडपका क्रममा आक्रोशित पक्षले बिहे घरका कुर्सी तोडफोड गर्दै मण्डप पनि भत्काइदिएका थियो ।