Ad Image

माओवादी केन्द्रले माग्यो गृहमन्त्री रमेश लेखकको राजीनामा

User Image Mayorsap | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Ramesh-Lekhak-1024x559_Tw0KvJzCaV.jpg

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । सोमवार बिहान बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । 

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताए । सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ ।’ गृहमन्त्रीले राजीनामा दिन ढिला गरे राज्यको साख गिर्दै जाने उनको भनाइ छ ।

स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ ।

नेपाली कांग्रेसको आज बिहान बसेको पदाधिकारी बैठकले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे संलग्नता नरहेको निष्कर्ष निकालेको छ ।