Ad Image

न्यायिक कार्यका लागि काठमाडौं सबै निकायसँग समन्वय र सहकार्य गर्न तयार छ: उपप्रमुख डंगोल

User Image Mayorsap | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sunita-dongol.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक कार्य सम्पादनमा सहज बनाउन महानगर सधैं सबै निकायसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताएकी छिन् ।  जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा भएको ‘न्यायिक तथा अर्धन्यायिक निकायहरूसँग अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उपप्रमुख डंगोलले प्रहरी, सरकारी तथा गैर सरकारी निकायहरु सँगसँगै सहकार्य गर्दा मात्रै न्यायिक कार्य सम्पादन सहज हुने बताएकी हुन् । 

उनले काठमाडौं महानगरपालिका समन्वय र सहकार्यका लागि सँधै तयार रहेको बताइन् । समुदायस्तरमा कानुनी सचेतनाका कार्यक्रमहरु अझ बढी सञ्चालन गर्नुपर्नेमा समेत उनले जोड दिएकी छिन् । 

काठमाडौंका प्र.व.उ विश्व अधिकारीले न्यायिक तथा अर्धन्यायिक निकायहरूसँग प्रहरीको सदैव सहकार्य र समन्वयकारी भूमिका रहने बताउँदै बर्दी धारी प्रहरी मात्र प्रहरी नभएर पक्राउ गर्न र थुनामा राख्नसक्ने अधिकार प्राप्त निकाय समेत प्रहरी रहेको बताए । उनले कसूरदारलाई पक्राउ गरी थुनामा राख्ने कार्यलाई निष्पक्ष बनाउनका लागि राज्यले प्रहरीलाई साधनस्रोत सहित सक्षम बनाउनुपर्ने बताए ।