Ad Image

दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Arrest-1_DV8Y21Yhja_Z9DwgP4Ka4.jpg

सङ्खुवासभा । दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिचिला गाउँपालिका–२ का ३५ वर्षीय तुफान राई, चिचिला–३ का २८ वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

आरोपित दुवै जनालाई खाँदबारी नगरपालिका–१ बाट गत शुक्रबार पक्राउ गरिएको हो । उनीहरूले दुई बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप पीडित पक्षको छ । प्रहरीले जिल्ला अदालतबाट आइतबार म्याद थप गरेर आरोपितबारे अनुसन्धान भइरहेको जनाएको छ ।