Ad Image

पाल्हीनन्द गाउँपालिकाले किसानलाई दियो अनुदानमा धानको बीउ, उत्पादन नभए क्षतिपूर्ति पनि दिने

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dhan.jpg

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरेको छ । प्रतिकिलो रु ४५ को दरले किसानलाई धानको बीउ वितरण गरिरहेको पाल्हीनन्दन–६ निवासी बन्धु यादवले जानकारी दिए । यही जेठ २ गतेदेखि गाउँपालिकाले हर्दीनाथ, बहुगुडी, साभा एक नामक धानको बीउ ३८० किसानलाई वितरण गरिसकेको गाउँपालिकाका कृषि शाखा अधिकृत पशुपतिनाथ चौधरीले बताए । 

उनका अनुसार हर्दीनाथ मध्यम–खेतमा र बहुगुडी, साभा धान खाला खेतमा उत्पादन हुने धान हो । भारतबाट धानको बीउ ल्याउदा महँगो पर्ने र बीउ राम्रो नहुने, उत्पादन कम हुने र प्रहरीले रोक्ने गुनासो आएपछि गाउँपालिकाले किसानको समस्यालाई मध्यनजर गर्दै धानको बीउ वितरण सुरु गरेको कृषि शाखा अधिकृत चौधरीको भनाइ छ ।

धानमा कुनै समस्या आयो वा उत्पादन भएन भने बुद्ध सिड कम्पनीसँग कानुन बमोजिम किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ । रु पाँच लाख किसानको र पाँच लाख गाउँपालिकाको गरी रु १० लाख बराबरको धानको बीउ वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ। नागरिकता र लालपुर्जाको प्रतिलिपी लिएर आउने किसानलाई धानको विउ वितरण गरिरहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । गत वर्ष पनि गाउँपालिकाले किसानलाई धानको बीउ वितरण गरेको थियो ।