Ad Image

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलको अवरोध, आधा घण्टालाई बैठक स्थगित

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi1.jpg

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरुले उठेर विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बिहान ११ ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो।

बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरुले भिजिट भिसा प्रकरणमा विवादमा रहेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेका छन् । सभामुख देवराज घिमिरेले पटक पटक आग्रह गर्दा समेत सांसदहरु नबसेपछि बैठक आधा घण्टालाई स्थगित भएको छ ।