हतुवागढी गाउँपालिकामा जलाधार संरक्षण गर्न ‘एक वडा, एक सार्वजनिक पोखरी’ कार्यक्रम

भोजपुर । जलाधार क्षेत्रको सरक्षण गर्ने लक्ष्यले यहाँको हतुवागढी गाउँपालिकाले ‘एक वडा एक सार्वजनिक पोखरी’ निर्माण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । मुहानहरु सुक्दै गएपछि सरक्षणको लागि गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
गाउँपालिकाले वातावरणीय अनुकूलता कायम राख्न वडाहरुमा पोखरी निर्माण गर्ने सोच साथ काम गरिरहेको जनाएको छ ।
जलवायु परिवर्तनका कारण देखिएका समस्याहरुको न्यूनीकरण गर्दै जलाधारहरुको संरक्षण गर्ने उद्धेश्यले एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । यो कार्यक्रम अन्तर्गत पोखरी खन्ने काम भईरहेको उनले बताए । “प्राकृतिक रुपमा उम्रिएका मुहान सुक्न नदिन हामीले एक वडा एक पोखरी कार्यक्रम सञ्चालनमा ल्याएका छौँ’अध्यक्ष राईले भने,“पोखरी निर्माणले जमिनको रिचार्ज भएर मुहानहरुको संरक्षणमा टेवा पुग्नेछ ।”
पोखरी निर्माणले पानीको मुहान रिर्चािजङ हुने, सिंचाईमा सहजतासँगै आकस्मिक रुपमा हुने आगालागीको समयमा प्रयोग गर्न सकिने उनको भनाइ छ । पोखरीले तत्कालिन रुपमा पानीको अभाव हटाउने र प्राकृतिक रुपमा उम्रिएका मुहानहरुको रिचार्जिङमा सहयोग पुग्ने उनको भनाइ छ । पानीको अभावमा सिंचाइको लागि झेल्नु पर्ने समस्या कम गर्दै पानीको मुहानहरुको संरक्षण गर्ने लक्ष्यले कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए ।
“यो कार्यक्रम अन्र्तगत बर्षेनी सार्वजनिक पोखरी निर्माण गरिरहेका छौँ” प्रशासकीय अधिकृत निरौलाले भने,“विगतमा खनिएका पोखरीको सकारात्मक प्रभाव देखिन थालेको छ । निर्माण भएका पोखरीमा आकासे पानी संकलनको काम भईरहेको छ । यो कामले मुहानहरुसँगै वातावरणको संरक्षणमा पनि टेवा पुग्ने छ ।” तत्काललाई खास उपयोगी जस्तो नदेखिए पनि भावी पुस्ताको लागि लाभदायक रहेको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ ।
स्थानीयलाई तरकारीबाली तथा खेतीपाती गर्नको लागि पोखरी निर्माणले सहजता भएको हतुवागढी १ घोडेटारका वडाध्यक्ष कुमार विष्टले बताए। मानवीय क्रियाकपालपसँगै भूकम्पलगायत प्राकृतिक विपतिका कारण धैरै पानीको मुहानहरु सुक्दै गएको अवस्थामा पोखरी निर्माणको कार्यक्रमले संरक्षणमा टेवा पुगेको उनको भनाइ छ । पोखरीमा संचित गरिएको पानी आगलागीको समयमा प्रयोग सकिने व्यवस्थासमेत मिलाईएको छ ।