Ad Image

बजेट भाषण: १ सय स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bishnu paudel1.jpg

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष भित्र १ सय स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै १ सय स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

जग्गाधनीले जग्गा लिजमा दिन चाहेमा स्थानीय तहसँग सहकार्य गर्ने र भूमि बैंकले स्थानीय तहसँग करार गरेर जग्गा प्राप्त गर्न सकिने व्यवस्था गरिने उनले बताए।  

स्थानीय तहमार्फत भूउपयोग क्षेत्र वर्गीकरण गरिने भएकाे छ। उनले सरकारी तथा सर्वजनिक जग्गाको संरक्षण गर्ने भन्दै कृषि योग्य भूमि बाँझो राख्न नपाइने व्यवस्था गर्ने समेत जानकारी दिए ।