Ad Image

दैलेखमा व्यवसायिक रूपमा पेट्रोल उत्पादन गर्ने, यी ३ स्थानमा अन्वेषण गरिने

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bishnu paudel1.jpg

काठमाडौं । सरकारले दैलेखमा व्यवसायिक रूपमा पेट्रोल उत्पादन गर्ने भएको छ । 

बिहीवार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको बजेट पेस गर्दै दैलेखमा व्यवसायिक रूपमा पेट्रोल उत्पादन गर्ने जानकारी दिएका हुन् । 

अर्थमन्त्री पौडेलले दैलेखको पेट्रोलियम अन्वेषण कार्य सम्पन्न गरेर प्राप्त नमूना परीक्षण प्रतिवेदनका आधारमा व्यवसायिक उत्पादन सुरू गर्ने बताएका छन् ।

त्यसैगरी सरकारले देशका अन्य तीन स्थामा समेत पेट्रोलियम अन्वेषण गर्ने भएको छ । अर्थमन्त्री पौडेलले देशको पाल्पा, सुनसरी र दाङ जिल्लामा पनि पेट्रोलियम अन्वेषण गर्ने जानकारी दिएका हुन् ।