काठमाडौंमा थपिँदै १०० वटा विद्युतीय साझा बस


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२\८३ को बजेटमार्फत काठमाडौं उपत्यकामा १०० वटा नयाँ विद्युतीय साझा बस सञ्चालनमा ल्याइने घोषणा गरेका छन् ।
सरकारको लगानीमा सञ्चालित साझा यातायात कम्पनीमार्फत सञ्चालन गरिने यी बसहरू वातावरणमैत्री हुने मन्त्री पौडेलले बताए । काठमाडौंको वायु प्रदूषण र चाप बढ्दो ट्राफिकलाई ध्यानमा राख्दै सरकारले विद्युतीय बसहरू थप गर्ने निर्णय गरेको हो ।
हाल राजधानीका केही ठाउँमा साझा कम्पनीका केही विद्युतीय बसहरू सञ्चालनमा छन् । अब थप १०० बस थपिएपछि राजधानीको सार्वजनिक यातायात प्रणाली थप व्यवस्थित, सुरक्षित र दिगो बन्ने बताइएको छ ।