Loading...
Ad Image

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

User Image Mayorsap | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/NP-KTM-1000049722.jpg

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको कुल आकार सार्वजनिक गरेका हुन् ।

यो बजेटमार्फत सरकारले आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक सुरक्षामा जोड दिने लक्ष्य लिएको छ ।

बजेटको आकार अघिल्लो वर्षको तुलनामा के कति वृद्धि भएको छ भन्ने विवरणसहित मन्त्रालयले विस्तृत कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको मन्त्री पौडेलले बताए ।