Ad Image

कोशी–गण्डकी लगायतका नदीबाट कलकत्तासम्म पानीजहाज सञ्चालनको अध्ययन गरिने

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/NP-KTM-1000049722.jpg

काठमाडौं । सरकारले कोशी, गण्डकीलगायतका प्रमुख नदीमार्ग प्रयोग गरेर भारतको कलकत्तासम्म पानीजहाज सञ्चालन सम्भावनाको अध्ययन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरदेशीय जल यातायातको विकास, विस्तार र प्रवर्द्धनका लागि गहिरो अध्ययन गरिने घोषणा गरे ।

नेपालका प्रमुख नदीहरू प्रयोग गरेर जल यातायातमार्फत कलकत्ता बन्दरगाहसम्म आवागमन सम्भव बनाउन पूर्वाधार तथा कानुनी तयारी थालिने उनले बताए ।