Loading...
Ad Image

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब बजेट, कति पाए समानीकरण अनुदान ?

User Image Mayorsap | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bishnu.jpg

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहहरुलाई ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । संघ सरकारले अनुदान तथा राजस्व बाँडफाँडबाट सो रकम उपलब्ध गराउन लागेको हो ।  

यसैगरी, स्थानीय तहहरुलाई ८९ अर्ब रुपैयाँ समानीकरण अनुदान दिने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा स्थानीय तहहरुलाई ८८ अर्ब ९७ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान दिने जानकारी दिएका हुन् । 

यस्तै, स्थानीय तहहरुलाई सशर्त अनुदान २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने समपुरक अनुदानको लागि १० अर्ब रुपैयाँ दिइएको छ । यस्तै, प्रदेशहरुलाई भने ६० अर्ब ६६ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान दिने सरकारले बताएको छ ।