प्रतिनिधिसभामा आर्थिक विधेयक पेस


काठमाडौं । प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८२ पेस भएको छ । सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।उपप्रधानमन्त्री पौडेलले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, केही महसुल, कर, शुल्क र दस्तुर लगाउन, लगाइराखेकालाई चालु राख्न, हेरफेर गर्न तथा राजस्व प्रशासनसम्बन्धी प्रचलितसम्बन्धी केही नेपाल कानुनलाई संशोधन गर्न उक्त विधेयक प्रस्तुत गर्नु परेको जानकारी दिए ।
बैठकले पूर्वसांसद गणेशबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसका तर्फबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्य र २०६४ सालको संविधानसभा सदस्य निर्वाचित भएका खड्काको ८२ वर्षको उमेर आज निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते बिहान ११ बजे बस्नेछ ।