एआईजीमा बढुवा भएसँगै सिद्धिविक्रम शाहले पाए कार्य विभागको जिम्मेवारी


काठमाडौं । नेपाल प्रहरीका डीआईजी सिद्धिविक्रम शाह अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई रिक्त एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई बढुवा गर्न जेठ ६ गते सिफारिस गरेको थियो । विशेष ब्यूरोमा रहेका शाह बढुवा भएसँगै कार्य विभागमा पदस्थापन गरिएको छ । जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाश भएपछि कार्य विभाग प्रमुखविहीन छ । आचार्य अवकास हुनु एकसाता पहिले नै शाहलाई सिफारिस गरिएको थियो।