Ad Image

पोखराको मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.gif

कास्की । पोखरा महानगरपालिका–२५ मर्दी खोलाको ड्याममा आज पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । साथीहरुका साथमा पौडी खेल्न गएका माछापुच्छ्रे गाउँपालिका–६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । 

सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनको गोताखोरसहितको उद्धार टोलीले  उनीहरुको उद्धारको प्रयास गरेको थियो । अस्तामका ६ बालक मर्दीमा पौडी खेल्न गएका थिए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।