Ad Image

सशस्त्रमा गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ganesh-thadamagar.jpg

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगर अतिरिक्त महानिरीषक९ एआईजी०मा बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार साँझ बसेको बढुवा समितिको बैठकले ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

सशस्त्र प्रहरीको भावी नेतृत्वमा पुग्ने गरी डीआईजी मगरलाई एआईजी बढुवामा गर्न सिफारिस गरिएको छ। बढुवा समितिले दोस्रो नम्बरका डीआईजी मगरलाई सिफारिस गरेको हो। उनीभन्दा अगाडि डीआईजीको बरियतामा कमल गिरी थिए । तर गिरीलाई छुटाएर ठाडा मगरलाई एआईजी बनाइएको हो। 

एआईजीमा बढुवा भएसँगै अबको तीन वर्षपछि मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना बढेको छ । एआईजी नबनेसँगै कमल गिरीसहित सँगै डीआईजीको पदावधि थप भएका कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी आगामी पुसमा अनिवार्य अवकाश हुने भएका छन् ।