Loading...
Ad Image

विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति हुनु जरुरी छ : उपप्रधानमन्त्री सिंह

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Prakashman_Singh.jpg

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति कायम हुनु जरुरी रहेको बताएका छन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आज आयोजना गरेको ‘विश्व एकता र विश्वासका लागि ध्यान–योग’ छाता कार्यक्रमको राष्ट्रिय शुभारम्भ समारोहमा उनले कुनै पनि देशमा शान्ति कायम हुनुअघि त्यस देशका प्रत्येक नागरिकमा शान्तिको अनुभूति हुनुपर्नेमा जोड दिए । 

व्यक्ति, व्यक्तिमा शान्ति कायम गराउन केन्द्रले चलाएको ध्यान–योग छाता कार्यक्रमले सकारात्मक र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गरे । केन्द्रले यसअघि पनि देशका विभिन्न स्थानमा शान्ति स्थापनाका लागि गरिरहेको आध्यात्मिक गतिविधिको उनले प्रशंसा गरे । यो अभियानलाई धेरैभन्दा धेरै मानिसका बीचमा पु¥याउनुपर्नेमा उनले जोड दिए ।