धुलिखेल अस्पतालका चार चिकित्सकविरुद्ध नेपाल मेडिकल काउन्सिलले अगाडि बढायाे कार्बाही
विद्यार्थीलाई आत्महत्या गर्ने अवस्थासम्मकाे यातना दिएकाे आराेप
मेयरसाप डेस्क
|
२०८१ चैत ५ गते ०२:३४
काठमाडाैं । अस्पतालमा एमडी प्रथम वर्षमा अध्ययनरत एक विद्यार्थीको आत्महत्या दुरुत्साहनमा संलग्न भएको आरोपमा निलम्बनमा परेका चारजना चिकित्सक आंशिक दाेषी देखिएकाे भन्दै नेपाल मेडिकल काउन्सिलले कानुनी कार्बाही अगाडि बढाउने भएकाे छ ।
काउन्सिलले गरेको छानबिनका क्रममा ती चिकित्सक दोषी देखिएपछि कानुनी प्रक्रियाअघि बढाइने भएको हो।
उजुरी परेका चारजना नै घटनामा आंशिक रूपमा दोषी देखिएका छन्। उनीहरूविरुद्ध थप प्रक्रिया अघि बढाउन लागिएको काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले जनाकारी दिए।
चार चिकित्सक आत्महत्या दुरुत्साहनमा संलग्न भएको आरोपमा निलम्बनमा परेका थिए। निलम्बनमा पर्नेहरूमा अस्पतालको मनोचिकित्सा विभागका डा अजय रिसाल, डा दीपक कुँवर, डा वर्षा श्रेष्ठ र डा रिका रिजाल छन्।
उनीहरूले आत्महत्या प्रयास गर्ने विद्यार्थीलाई यातना दिएको आरोप छ। विद्यार्थीले फागुन ४ गते आत्महत्याकाे प्रयास गरेका थिए। उनीहरूले आत्महत्या प्रयास गर्ने विद्यार्थीलाई यातना दिएको आरोप छ।
Facebook Comments