नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस
मेयरसाप डेस्क
|
२०८२ जेठ ६ गते १९:५७
काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले डीआईजीमा बढुवा सिफारिस गरेको हो। एसएसपीहरु सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ डीआईजीमा बढुवाका लागि सिफारिस भएका हुन् ।


Facebook Comments