Loading...
Ad Image

राजावादीले भोली काठमाडौं उपत्यका बन्द गर्ने

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/raja.jpg

काठमाडौं ।  राजावादी समूहले उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि (जेठ १९ गते)  उपत्यका बन्दको घोषणा गरेका हुन् ।

सरकारले आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै बाध्य भएर आन्दोलनको स्वरुप परिवर्तन गरेको जिकिर गरेको छ । त्यस्तै, उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई विज्ञप्तिमार्फत आह्वान गरिएको छ । आइतबार भएको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायत पक्राउ परेका थिए ।