गाडी नचलेर समस्यामा हुनुहुन्छ ? नेपाल प्रहरीले यी रुटमा चलाइरहेको छ बस

काठमाडौं । नेपाल प्रहरीले सर्वसाधारणहरुको सेवाका लागि बस सञ्चालन गर्ने भएकाे छ । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले दुई वटा बसमार्फत सेवा प्रदान गर्ने भएकाे हाे ।
अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्याउन दुई वटा बस सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कुन कुन रुटमा चल्दैछ बस ?
पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुन: नक्साल घुम्नेछ।
त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ।
नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन।
यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत ७ बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन्। सरकार र यातायात व्यवसायीहरूबीच सिंहदरबारमा वार्ता पनि भइरहेको छ।